जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् । छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।

आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेका रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए । सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी उनले उनले जानकारी दिए ।


















