Logo
Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात ग्राहकले साक्को रिसोर्टको सेवा उपभोगवापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन् । साक्को रिसोर्टले काठमाडौँ जिल्लाको साँखुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठकुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीवन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्