काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा.आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् ।

शनिबार कांग्रेस (देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ । हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौँ । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’
त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने । त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए


















