Logo
Logo

मोरङको अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार


0
Shares

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

The current image has no alternative text. The file name is: morang.jpg

संयुक्त अनुगमन टोलीले बालगृहबाट पाँच जना बालक र नौ जना बालिका गरी १४ जनाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षणमा राखिएको छ भने उनीहरूको आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बाल कल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बालगृहको स्थलगत अनुगमन गरी उद्धार गरेको हो ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनपछि घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000