Logo
Logo

गगन कुमार थापा पुनः भोटेकोसी बाढी प्रभावित क्षेत्र जाँदै


0
Shares

काठमाडौं । कांग्रेस सभापति गगन कुमार थापा पुनः भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा पीडितहरूसँगको अन्तरक्रियाका लागि जाने भएका छन् । बाढीबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न तथा स्थानीय सरोकारवालाहरूसँग छलफल गर्न थापा प्रभावित क्षेत्रका विभिन्न स्थानमा जान लागेका हुन् ।

The current image has no alternative text. The file name is: gagan-7.jpg

तय भएको कार्यतालिका अनुसार सभापति थापा काठमाडौंबाट टोखा–छहरे हुँदै वेत्रावती पुग्ने छन् । वेत्रावतीमा उनले रसुवा र नुवाकोट दुवै तर्फका बाढी प्रभावितहरूसँग अन्तरक्रिया गर्ने छन् । त्यसपछि उनी रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर त्यहाँ रहेका प्रभावितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

रसुवाको कार्यक्रमपश्चात् नुवाकोट फर्किएर थापाले ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यतालीका रहेको छ । लगत्तै उनले नुवाकोटको विदुरमा बाढी प्रभावित सरोकार समितिसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।

सभापति थापाले नुवाकोटको विदुर–५ स्थित पिपलटारमा नुवाकोट र रसुवाका बाढी प्रभावितहरूलाई राखिएको ५ वटा होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरी प्रभावितहरूसँग समेत छलफल गर्ने छन् ।

प्रभावित क्षेत्रको भ्रमणका क्रममा उनी नुवाकोटको देवीघाट हुँदै गल्छी र गजुरी पुग्ने छन् । त्यहाँका बाढी प्रभावितहरूसँग छलफल र अन्तरक्रिया गरेपछि थापा गल्छी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000