Logo
Logo

जेन्सन हुआङ पुनः एनभिडियाको सीईओ नियुक्त


0
Shares

एजेन्सी । एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले सोमबार प्रेस विज्ञप्ति जा।री गर्दै उनलाई सञ्चालक समितिमा समेत पुनः नियुक्त गरिएको जानकारी दिएको हो । एनभिडियाको सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल र बैठक गरेपछि सर्वसम्मत रूपमा उनलाई पुनः नेतृत्वमा ल्याउने निर्णय गरेको हो ।

छलफलपछि सञ्चालक समिति हुआङले आफ्ना कुरा स्पष्टता र इमानदारीपूर्वक राख्न सफल भएको तथा उनी एनभिडियाको नेतृत्व गर्न सक्षम रहेको निष्कर्षमा पुगेको विज्ञप्तिमा उल्लेख छ । यस निर्णय प्रक्रियामा सञ्चालक समितिले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग पनि परामर्श गरेको थियो। उनीहरूको सुझावका आधारमा हुआङको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपुग्ने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ ।

लगातार दुईवटा प्रेम सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि हुआङले नोभेम्बर १२ मा पदबाट राजीनामा दिएका थिए । पहिलो विवादमा एक व्यावसायिक महिलासँग उनको सम्बन्ध रहेको र ती महिलामाथि चिनियाँ गुप्तचर भएको आरोप लागेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000