Logo
Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा महत्त्वपूर्ण मुद्दा छुटे : शङ्कर पोखरेल


0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् ।

The current image has no alternative text. The file name is: sanker.gif

प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसकेको बताएका हुन् ।

उनले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो मान्यतामा परिवर्तन आएको देखिएको बताए । महासचिव पोखरेलले विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताए।

उनले भने, ‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि भएको छ । विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएछ र भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ । जे होस्, नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ। उसले नेपालको विकासका लागि ऋण आवश्यक छ भन्ने कुरा बुझेछ,’ उनले भने

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000