Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । मङ्गलवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । 

The current image has no alternative text. The file name is: nepali-congress-1.jpg

यसअघि बुधवार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । साथै बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

बुधवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य तोक्न माग गरेको हो ।

उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता सम्बोधन गर्न तथा बक्यौता रकम तत्काल उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000