Logo
Logo

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार


0
Shares

काठमाडौं । दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलालाई हवाई उद्धारमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ निवासी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरेको हो । 

The current image has no alternative text. The file name is: uddar.jpg

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले उक्त हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्गम क्षेत्रका महिलालाई आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु कार्यक्रमको प्रमुख उद्देश्य हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000