Logo
Logo

न्याम्सको उपकुलपतिमा शाह नियुक्त


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ माघ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा डा डिएन शाह नियुक्त भएका छन्। न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा शाह परेका हुन् ।

उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले असोजमा नै ३ जनाको नाम सिफारिस गरेको थियो। तर, लामो समयसम्म निर्णय हुन सकेको थिएन ।
न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपतिका लागि छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिमा उत्कृष्ट रहेका ३ जनाको नाम सिफारिस गरेका थिए।
उपकुलपति छनोट समितिले एक नम्बरमा डा डिएन शाह, दुई नम्बरमा डा ढुण्डी पौडेल र तीन नम्बरमा डा अजित रायमाझिको नाम सिफारिस गरेको थियो। डा शाह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्