भक्तपुर । भक्तपुरमा होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका सुकुमवासीहरुलाई २ बजेसम्ममा सो स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

सुकुमवासीहरुले बास र गाँस खोसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । अहिले होल्डिङ सेन्टरमा नागरिक अभियन्ता र जेनजी अभियन्ताहरु समेत आउने क्रम जारी छ । सरकारको सो कदमको अहिले चौतर्फी विरोध भइरहेको छ । प्रतिपक्ष दलहरूले सरकोको कदम अमानवीय भन्दै तत्काल सच्चाउन माग गरेका छन् ।



















