काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालतमा उपस्थित गराइएको छ । सीआईबीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।

म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो । प्रहरीले उनलाई भारतमा पक्राउ गरेर मङ्सिर १० मा नेपाल ल्याएको थियो । बिहीबार प्रहरीले उनको घरमा खानतलासी समेत गरेको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्याल पक्राउ गरिएको हो ।



















