Logo
Logo

‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आइतबार उक्त कार्यक्रम हुन लागेको हो ।

The current image has no alternative text. The file name is: nepali-congress.jpg

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे प्रस्ट पार्न कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

यसैगरी, काठमाडौँ उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुममार्फत भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको छ । जुम बैठकको लिङ्क सम्बन्धित प्रतिनिधिहरूको मोबाइल मेसेज बक्समा पठाइने र निर्धारित समयमै जोडिन कांग्रेसले आग्रह गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000