Logo
Logo

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारलाई भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ माघ ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सहायक रजिष्ट्रार पदमा कार्यरत गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा दर्ता रहेको बोर्डिङ स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा उनले एक लाख घुस लिएकी थिइन् । घुससहित उनलाई आयोगले पक्राउ गरेको थियो । अनुसन्धान पूरा गरी उनीविरुद्ध आयोगले बुधबार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्