Logo
Logo

एनसेलबाटै कर उठाउन सर्वोच्चको आदेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

सर्वोच्च अदालतले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो। एनसेल खरिदविक्रीमा ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको जानकारी गत मंसिर २१ गते संसदको सार्वजनिक लेखा समितिलाई दिएको थियो।

दुबै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो। नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट सुनुवाइ सुरु भएको थियो।

एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा निवेदक द्वारिकानाथ ढुङ्गेलका कानुन व्यवसायी थिए। एनसेलका तर्फबाट र रिटमार्फत अदालत पुगेका अधिवक्ता भावेष गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्