Logo
Logo

…भन्दा देख्ने, सुन्नेलाई लाज


- दृष्टि न्युज/संवाददाता


  • एमपी सुब्बा

राजनीतिमा आलोचना र अन्र्तसंघर्ष सामान्य मानिन्छ । प्रतिपक्षीले सत्तापक्षको आलोचना गर्छ । तर, त्यो आलोचना स्वच्छ र मर्यादित हुनुपर्छ । यो प्रजातान्त्रिक मूल्यमान्यता पनि हो । कम्युष्टि नेता पुष्पलाललाई उनको नीति मन नपराउने वामपन्थी नेताहरूले नै ‘गद्दार’ भनेर गाली गर्थे । बिपीलाई त वामपन्थीहरूले ‘लेन्डुप’सम्म भनेर गाली गर्थे । तर, न बिपी, न त पुष्पलालले नै त्यो स्तरमा झरेर ती गालीको प्रतिवाद गरेको सुनिन्थ्यो । तर, अहिले नेपाली राजनीतिमा राजनीतिक संस्कार हराएको छ । एकले अर्कालाई व्यक्तिगत रुपमा नंग्याउन थालिएको छ । यो राजनीति नभएर ‘अराजनीति’ हो । नेपालमा अहिले यही ‘अराजनीति’ र ‘कुसंस्कार’ले बिग्रह निम्तिदै छ ।

यता प्रधानमन्त्री ओलीको पछिल्लो चरित्र र व्यवहारलाई बरिष्ठ नेता माधवकुमार नेपालले ‘ओली नेपालको राजनीतिमा कौरबका भाई दुर्योधन’ भएको टिप्पणी गरे । प्रधानमन्त्री ओली काठमाडौंमा प्रचण्ड–नेपाल समूहमाथि खनिइरहँदा सिराहा पुगेका नेता नेपालले ओलीकै कारण नेकपा र देशको यस्तो अवस्था जटिल बन्दै गएको बताएका थिए । ओली झूट, अहंकार, घमण्डको दोस्रो नाम भएको नेता नेपालको भनाइ थियो । ‘केपी ओली दुर्योधनजस्तै हुन्’ नेपालले सिराहमा भनेका थिए, ‘युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ । केपी ओलीमा भष्मासुर प्रवृत्ति हो, कहिले कसलाई भष्म गर्छन् थाहा छैन ।’

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल एकाएक सामाजिक सञ्जालमा छाए । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको एउटा ट्विटलाई लिएर उनले ‘सीमामा बस्न’ चेतावनी दिए । प्रतिनिधिसभा विघटनपछि नेपाली राजनीतिमा उत्पन्न परिदृष्यबारे मिश्रले आफ्नो एकाउन्टमा लेखेका थिए, ‘पूर्वप्रधानन्यायाधीशहरुले विचाराधीन मुद्दामा बोल्नुपर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौँ जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध ¥याली आह्वान गर्दा हजारौँ सरिक हुने । अब अति भो ।’ तर, मिश्रको टिप्पणीमा असह्य भएका रिमालले चेतावनीपूर्ण भाषामा भने, ‘सीमामा बस्नुस् रवीन्द्र जी । तपाइँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ, मर्यादा नाघ्ने जोसुकै। जतिसुकै सेलिब्रिटी भएपनि त्यससँग समयले जवाफ माग्ने छ ।’

प्रधानमन्त्रीजस्ता व्यक्तिको राजनीतिक सल्लाहकारले मिश्रमाथि सामाजिक सञ्जालमार्फत दिएको यस्तो धम्कीपूर्ण चेतावनीले नेपाली राजनीतिमा संस्कार र चेतनाको अभाव झल्काएको छ भने, पछिल्लो नेपाली राजनीतिमा देखिँदै आएको ‘अराजक बिग्रह’लाई समेत थप पुनरावृत गरेको छ ।

भनिन्छ, नीतिहरुमध्ये सबैभन्दा महत्वपूर्ण नीति हो राजनीति हो । मुहान शुद्ध भएमात्र खोला सफा बग्छ, अर्थात राजनीतिले अन्य नीतिलाई डो¥याउँछ । तर, अहिले नेपाली राजनीतिमा बिग्रह देखिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई चिरामा विभाजित भइसकेको छ । अनौपचारिकरुपमा विभाजित नेकपामा देखिएको बिग्रहले देशकै राजनीति ‘अराजनीतिक’ र ‘अराजक’ बन्दै गएको छ ।

प्रतिनिधिसभा विघटनबाट असन्तुष्ट बनेका नेकपा प्रचण्ड–नेपाल समूहमात्र नभएर देशकै प्रधामन्त्रीसमेत अमर्यादित र तुच्छ गालीगलौजमा उत्रिएका छन् । सत्तामा बस्नेले आलोचना र गाली सहनु तयार हुनुपर्छ भन्ने सामान्य प्रजातन्त्रिक मान्यतालाई समेत वास्ता नगरी नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओली आफूविरुद्ध लाग्नेहरुलाई गाली गर्न मैदानमै उत्रिएका छन् । प्रधानमन्त्री ओलीले आफू खुसी झण्डै दुई तिहाइ बहुमतको जनादेश प्राप्त प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जसपालगायतका राजनीतिक दलहरु त्यसको विरोधमा चरणबद्ध आन्दोलनमा सडकमा ओर्लिएका छन् । तर, ओली गाली र आलोचना सहन तयार छैनन् । त्यसैले उनी आफू निकटका नेता र कार्यकर्ताहरुको भेला आयोजना गरेर आलोचकमाथि खनिन थालेका छन् । आफ्ना आलोचकप्रति गालीमै उत्रनु प्रधानमन्त्री पदमा बस्नेलाई सुहाउँदैन ।

हुन त प्रधानमन्त्री ओलीमा एउटा दम्भ छ, त्यो के हो भने ‘बहुमतको सरकारका प्रधानमन्त्री भएपछि जेपनि गर्न पाइन्छ ।’ तर, ओलीकै अलोकतान्त्रिक कदमका कराण देशको अवस्था दिनानुदिन गिर्दोछ । सडकदेखि सिंहदरबारसम्मको हालत खराब हुँदै गएको छ । तर, उनी त्यसलाई नदेखेझैं गरिरहेका छन् । भाषण र गफले मात्रै जनता लठ्ठ हुँदैनन् भन्ने कुराको ज्ञान नभएर वा पचाएर हो, उनी रेल र पानीजहाजको सपना देखाइरहेका छन् तर, देशमा ठेलागाडा गुड्ने सडकसमेत राम्रो छैन । आफू दशकौँ राजनीति गरेर यहाँसम्म आएको फेहरिस्त बताउने प्रधानमन्त्री ओलीमा आत्मआलोचना गर्ने बानी छैन भन्ने पछिल्ला परिघटनाले प्रष्ट गर्छ । उनी यो देशको प्रधानमन्त्री पनि हुन् । उनीसँग अरु पार्टी पनि छन् । तर, उनीहरुका कुरा सुन्नुपर्छ भन्ने ओलीलाई लाग्दैन । प्रतिपक्षीका आवाजलाई निस्तेज पार्न र प्रतिकार गर्नबाहेक ओलीको ध्यान छैन । हिजोका दिनसम्म सत्ता साझेदारी गर्दै आएका नेताहरुविरुद्ध उनी अमर्यादित र तुच्छ व्यवहार गर्न थालेका छन् । नेकपा विभाजित भएपनि औपचारिकरुपमा फुटेको छैन । तर, अब नेकपा कहिल्यै एक हुन सक्दैन भन्ने ध्येयले प्रधानमन्त्री ओली प्रचण्ड–नेपाल समूहमाथि ब्यंग्यात्मक र अराजक व्यवहारमा गर्न थालेका छन् ।

गएको शुक्रबार धनगढीको कैलालीमा आफू निकटका कार्यकर्ताले आयोजना गरेको जनसभामा ओलीले ‘नेकपा कुनै सम्धीवाला र छोरीवाला पार्टी नभए’को बताए । प्रचण्ड–नेपाललाई व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाईबुहारी र सालोवाला पार्टी होइन ।’ ओलीले धनगढीमै ‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भन्ने आफूमाथि लागेको आरोपमा प्रतिकार गरे । तर, जुन कुरा नेता भीम रावलले मिडियामा आएकै दिन खण्डन गरिसकेका थिए । नेता रावलले भनेका थिए, ‘समाचार माध्यमले गरेको कुप्रचारको भत्र्सना गर्दछु । मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु । म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।’ तर, प्रधानमन्त्री ओली यति निष्कृष्टरुपमा गालीमा उत्रिए जो प्रतिपक्षीले समेत अहिलेसम्म बोलेको सुनिएको छैन ।

यसैसाता काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा भएको कार्यकर्ता भेलामा पनि उनी सहयात्री, सहयोद्धा नेताहरुलाई लक्षित गरेर ‘रुखा’ अभिव्यक्ति दिएका थिए । जहाँ प्रधानमन्त्री ओलीले भने, ‘तीन वर्षमा डोभ साबुनका धेरै डल्ला, स्याम्पु, साबुन, ड्रमका ड्रम, ट्यांङकीका ट्यांङ्की पानी सकियो, प्रचण्डलाई धुँदा धुँदा । साबुन लगायो, पखाल्यो जस्ताको तस्तै । अन्तिममा तपाइँहरूले देखिहाल्नुभयो ।’

प्रधानमन्त्री ओलीले हिजोसम्मका आफ्ना सहयात्रीहरुलाई भन्न सायद केही बाँकी राखेका छैनन् । ‘कमिला’देखि ‘भुसुना’सम्म बनाइसकेका ओलीले कार्की ब्यांकेटमै भने, ‘काल नआउञ्जेल कमिलो दुलोमा हुन्छ । काल आएपछि पखेटा पलाउँछ, फुरफुर उड्छ, चराहरू त्यही खोजेर घुमिरहेका हुन्छन्, जति उड्छ ट्याप्प ट्याप्प पारिहाल्छन् । अहिले उनीहरू त्यस्तै फुरफुर्र भइरहेका छन् ।’

विशेषगरी प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्य गर्दै आएका छन् । गएको शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको जनयुद्धलाई ‘कुहिएको फर्सी’सँग तुलना गरे । उनले भनेका थिए, ‘केपी ओली बैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने । यिनका भविष्यवाणी कति ठाउँ खेर गए । महान जनयुद्ध भनेर कराए । महान् जनयुद्ध के भो ? फर्सी कुहिएझैँ कुहियो ।’

यता प्रधानमन्त्री ओलीको पछिल्लो चरित्र र व्यवहारलाई बरिष्ठ नेता माधवकुमार नेपालले ‘ओली नेपालको राजनीतिमा कौरबका भाई दुर्योधन’ भएको टिप्पणी गरे । प्रधानमन्त्री ओली काठमाडौंमा प्रचण्ड–नेपाल समूहमाथि खनिइरहँदा सिराहा पुगेका नेता नेपालले ओलीकै कारण नेकपा र देशको यस्तो अवस्था जटिल बन्दै गएको बताएका थिए । ओली झूट, अहंकार, घमण्डको दोस्रो नाम भएको नेता नेपालको भनाइ थियो । ‘केपी ओली दुर्योधनजस्तै हुन्’ नेपालले सिराहमा भनेका थिए, ‘युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ । केपी ओलीमा भष्मासुर प्रवृत्ति हो, कहिले कसलाई भष्म गर्छन् थाहा छैन ।’

यस्ता निष्कृष्ट गाली नेपाली राजनीतिमा समान्य बन्दै गएको छ । एउटा उखान छ, ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ । यसरी नेपाली राजनीतिमा नेताहरु अमर्यादिनरुपमा एकले अर्कालाई सिध्याउने खेल भइरहेको छ । देश र सत्ताको बागडोर गर्ने प्रधानमन्त्री ओली र नेताहरु यति निस्कृष्ट र अराजक गालीगलौजमा आर्लिनुले युवापुस्तामा राजनीतिप्रति नै घृणा पैदा गर्न सक्छ । माथि उल्लेख गरेझैँ नीतिहरुमध्ये राजनीति एक महत्वपूर्ण हो । तर, नीति र नैतिकलाई नै बिर्सेर सत्तामोहमा जेपनि गर्न र भन्न तयार हुने नेताहरुबाट देशले के अपेक्षा गर्ने ?

 

प्रतिक्रिया दिनुहोस्