Logo
Logo

सर्वोच्चको आदेश – एनसेल र आजियटाबाट कर असुल गराउनु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ — एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनी रिनोल्ड्स होल्डिङस लिमिटेड को रिट निवेदन खारेज गरेको छ ।

सर्वोच्चले पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा साे रिट जारी गरेको हो।

अब एनसेल र अजियटा कम्पनिले पूँजीगत लाभकर वापतकाे कर तिर्नु पर्नेछ ।

पूर्व उप महालेखा परिक्षक सुकदेव भट्टराइका अनुसार आजको दिनसम्म जोड्दा जरिवाना, सुद, सेवा, शुल्क र पहिलाको मूलधन गरेर तिर्नुपर्ने रकम करिब ७३ अर्ब नाघेको छ  ।

यस सकारात्मक फैसलाकाे सबैले स्वागत गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्