काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर ‘राजनीतिक आत्महत्या’ गरेको घटनाक्रमले पुष्टि गर्दै लान थालेको छ । संविधानमा नभएको अधिकार दुरुपयोग गरी ओलीले संविधानकै हत्या गर्ने प्रयास गरेपछि प्रमुख राजनीतिक दलहरु र नागरिक समाज सडक संघर्षमा ओर्लिएको छ । तर, लोकतन्त्रमाथि कुनैपनि बेला आक्रमण हुँदा तत्काल प्रतिक्रिया जनाइहाल्ने पश्चिमा देश मौन छन् । भारतले यसलाई नेपालको आन्तरिक मामला भन्दै ‘नोटमा राखेको’ मात्र भनेको छ ।

विदेशीको डिजाइनमा ओली आफू फस्दै गएको र देशलाई पनि फसाउन लागेको भेऊ पाएर नेकपा नेता माधवकुमार नेपालले एक वर्ष अघि ‘देश डुब्न लाग्यो बचाउन माझी चाहियो’ त्यसै भनेका थिएनन् । ओली विदेशयात्रामा हुँदा नेपालले यसो भनेका थिए । ओली आफ्नो व्यक्तिगत राजनीतिक महत्वाकांक्षा र शक्तिशाली बन्ने धुनमा पार्टी र देशलाई नै संकटमा धकेल्दै लगिरहेका थिए । परिणामस्वरुप उनले आजको अवस्था ल्याइरपु¥याएका छन् ।
२०५९ असोज १८ मा राजाले शासन सत्ता हातमा लिँदा अन्तर्राष्ट्रिय समुदाय विशेषगरी अमेरिका, युरोपेली युनीयनले विरोध गरेका थिए । त्यतिबेला भारतले पनि राजाको कदमको विरोध गरेको थियो । उक्त कदमको विरोधमा उत्रिएका राजनीतिक दलहरुलाई भारतले साथ दिएको थियो । तर, यसपटक ओलीले संविधान नै कुल्चेर संवैधानिक कू गर्दा ती शक्ति राष्ट्रहरु मौन हुने देखि ‘घटनालाई नोटमा राखेको’ मात्र भन्नुले आशंकाहरु पैदा भएका छन् । त्यसमाथि प्रधानमन्त्री ओली विस्तारै भारततर्फ ढल्कनु र अमेरिकाको रणनीतिक स्वार्थ अन्र्तगत आएको एमसीसी लागू गर्न लागिपर्नुले आशंकालाई बल पु¥याएको छ । ओलीका कदमहरु नेकपा विभाजनको बीऊ बन्नु र देशलाई गम्भीर राजनीतिक संकटमा धकेल्नुले उनी विदेशीको ग्रान्डडिजाइनमा फसिसकेका छन् । उनी स्वयं चाहिं उम्कन सक्ने अवस्था छैन । अर्कोतर्फ, केही शक्तिराष्ट्रले नचाहेको परिस्थिति नेपालमा विकास हुँदा अहिलेको परिस्थिति सम्म विकास भएको खुल्दै गएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा चिनियाँ भुमिका प्रष्ट छ । त्यसलाई भारत र अमेरिकाले रुचाएका थिएनन् । एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेपालमै आएर संयुक्त प्रशिक्षणको कार्यक्रम समेत भएको थियो । यसले भारत र अमेरिका दुवैलाई झस्काएको थियो । १२ बुँदै समझदारी नयाँ दिल्लीमा हुँदा भारतको विशेष भुमिका थियो । भारतले यही सम्झौताको बिन्दुबाट नेपालमा कोर्स परिवर्तन गरेर आफ्नो प्रभाव बढाउनसक्ने आँकलन गरेको थियो । तर, राजनीतिक मूलधारमा आएपछि माओवादीले भारतलाई चित खुवाउँदै अन्य शक्तिसँग सम्बन्ध विस्तार ग¥यो । उनीहरु बढी नै चलखेल गर्न थाले । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएपछि चीनबाट सैन्य एवं राजनीतिक तहबाट आवत्जावत् बढ्यो । उनी स्वयं प्रधानमन्त्रीका रुपमा पहिलो भ्रमण चीनबाट शुरु गर्न पुगेका थिए । चीनले परिवर्तित राजनीतिक शक्तिसँग बलियो सम्बन्ध बनाएर भारतको नेपालमा प्रभाव बढाउने योजनालाई असफल पारिदियो । बरु गणतन्त्रमा चीनको प्रभाव झनै बढ्यो । त्यसमाथि चीनले नेकपा एकीकरणको जस नै लिन सक्यो । दक्षिण एशियामा चीनको बढ्दो प्रभावसँगै नेपालमा पनि भुमिका विस्तार ग¥यो । यसलाई भारत र अमेरिका दुवैले चुनौती ठाने । चीनले पूर्वाधार विकाससम्बन्धी रणनीतिक साझेदार बनाउँदै बीआरआईमा नेपाललाई पनि आवद्ध ग¥यो । यसले अमेरिका र भारत दुवैलाई झस्काएको थियो ।
भारतको चीनसँग सीमा समस्या बढ्दै थियो । सीमामा सैन्य गतिविधि बढ्ने देखि हताहती हुनेगरी झडपका घटना समेत भए । यहीबीच लिम्पियाधुरा हुँदै चीनसँग जोडिने रणनीतिक मार्गको भारतले उद्घाटन गरेको थियो । यसलाई नेपालले गम्भीरताका साथ उठायो । भारतीय सेनापति मनोज मुकुन्द नरवाणेले लिम्पियाधुराको मुद्दामा नेपालले प्रश्न उठाउँदा ‘चीनको उक्साहट’ भनेका थिए । सीमा मुद्दामा नेपाललाई चीनले उकासेको भारतको बुझाई प्रष्ट देखिन्थ्यो । त्यसमाथि चुच्चो नक्शा बनाउँदा पनि चीनले नै ऊर्जा दिएको भारतीय पक्षको बुझाई रह्यो । भारतभित्र चीनको कारण नेपालले चुनौती दिनथालेको विषय उठ्न थालेका थिए । प्रधानमन्त्री ओली चुच्चो नक्शा जारी गरेर देशभित्र निकै बलियो बनेका थिए । उनले सबै दललाई नक्शा जारी गरी निशान छाप संशोधन गर्दा पक्षमा मतदान गर्ने अवस्था समेत बनाएका थिए । राष्ट्रियताको मुद्दाले मजबुत बनेका ओली सर्वशक्तिमान बन्ने महत्वाकांक्षामा केन्द्रित हुन थाले । उनले पार्टीभित्रका सहकर्मीहरुलाई साइजमा ल्याउने योजना बुन्न थाले । जहाँ टेक्छन् त्यो ठाउँ नै भत्काइदिन थाले । सहमति कार्यान्वयन गरेनन् । उल्टै अरु नेतामाथि जालझेलको आरोप लगाए । ओलीले प्रचण्डमाथि भारत भ्रमणमा हुँदा आलापालो प्रधानमन्त्री बन्ने सहमतिको खुलासा गरेर राष्ट्रियतामाथि खेलवाड गरेको आरोप लगाए । तर, उनैले बालुवाटारमा भारतका गुप्तचर प्रमुख रअका प्रमुख सामन्त गोयललाई डाकेर भेटे । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै भारत या चीनबाट कोही आउँदा हल्ला गर्नुपर्ने आवश्यकता नभएको बताएर भेटको बचाऊ गरे ।
अमेरिकासँग भारतको सैन्य सम्झौता र क्षेत्रीय राजनीतिमा मिलेर जाने टुंगो लागेपछि ‘रअ’ प्रमुख गोयल नेपाल आउनुलाई अर्थपूर्ण मानिएको थियो । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ भारत आउनुभन्दा केही दिन अगाडि मात्र गोयल भुटान हुँदै नेपाल आएर फर्किएका थिए । त्यसपछि दक्षिण एशियाको राजनीतिमा यी दुई देश मिलेर नयाँ रणनीतिलाई अगाडि बढाए । अमेरिकाले भारतसँग मिलेर क्षेत्रीय राजनीतिमा आक्रामक भुमिका देखाउन थालिसकेको थियो । त्यसको नतिजा क्रमशः नेपालमा पनि देखिनथाल्यो ।
दक्षिण एशियामा चीनको बढ्दो प्रभावसँगै अमेरिका र भारतलाई निकै नजिक ल्याइपु¥यायो । दुवै देशबीच साँढे दुई महिना अघि सैन्य सम्झौता भएको थियो । यसको उद्देश्य चीनको चुनौतीको मिलेर सामना गर्नु थियो । अमेरिका र भारतबीचको सैन्य सम्झौतासँगै क्षेत्रीय राजनीतिमा रणनीतिक समिकरणको असर नेपालमा पनि देखापर्न थाल्यो । गोयलका अलावा सैन्य प्रमुख मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणपछि नेपालको राजनीतिमा हलचल आउनु संयोग मात्र थिएन । गोयल र चौथाइवालेको भ्रमणको विषय सत्तारुढ नेकपाभित्र विवाद बढाउने कारण पनि बन्यो । विस्तारै नेकपाभित्र अन्र्तद्वन्द्व बढ्दै गयो । अन्तगत्वा ओलीले प्रतिनिधिसभा नै बिघटन गरेर देशलाई संकटमा पु¥याए । यो घटना आउने संकेतहरु मिल्दै गएको थियो । नेकपाका शिर्ष देखि दोस्रो पुस्ताका नेताहरुले निरन्तर संकट टार्ने प्रयास गरे । तर, ओलीको हठले सफल हुन पाएन ।
विदेशीको डिजाइनमा ओली आफू फस्दै गएको र देशलाई पनि फसाउन लागेको भेऊ पाएर नेकपा नेता माधवकुमार नेपालले एक वर्ष अघि ‘देश डुब्न लाग्यो बचाउन माझी चाहियो’ त्यसै भनेका थिएनन् । ओली विदेशयात्रामा हुँदा नेपालले यसो भनेका थिए । ओली आफ्नो व्यक्तिगत राजनीतिक महत्वाकांक्षा र शक्तिशाली बन्ने धुनमा पार्टी र देशलाई नै संकटमा धकेल्दै लगिरहेका थिए । परिणामस्वरुप उनले आजको अवस्था ल्याइरपु¥याएका छन् । उनी निरन्तर भासमा फस्दै गएका छन् । तर, बिडम्बना आफू सँगै देशलाई पनि त्यही भासमा तान्दै लगेका छन् । यो भासबाट ओली उम्कनसक्ने सम्भावना लगभग समाप्त भइसकेको छ । ओली इतिहासकै बदनाम प्रधानमन्त्रीमा दर्ज हुने भइसकेका छन् । उनले कुनैबेला उठाएको राष्ट्रियताको एजेन्डाले आफूलाई राष्ट्रवादी नेताको उचाईमा पु¥याएका थिए । तर, विदेशीको ग्रान्डडिजाइन अनुसार संसद बिघटन हुँदै देशलाई संकटमा धकेलेर एकैपटक भुईंमा झरेका छन् । भासमा जाक्किदै गएका ओलीले देशलाई पनि त्यही भासमा जाक्दै लान खोजेका छन् । त्यसैले देशलाई बचाएर ट्रयाकमा ल्याउने निर्विकल्प उपाय प्रतिनिधिसभा पुनःस्थापना नै हो । जहाँबाट बिगार्ने काम ओलीले गरेका थिए त्यहींबाट सपारेर देशलाई सही ट्रयाकमा लान आजको चुनौती बनेको छ । विदेशीको डिजाइनमा फसेका ओलीलाई निकाल्न सकिने अवस्था अब छैन तर देशलाई भने जतिसक्दो छिटो संकटबाट निकाल्नैपर्छ ।











