Logo
Logo

काठमाडौंमा ड्रोनको सहयोगमा लागूऔषध कारोबार ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ माघ ।
काठमाडौंमा ड्रोनको सहयोगमा लागूऔषधको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् धरानका जिनिस गुरुङ उर्फ बितुलाई प्रहरीले मङ्गलबार ड्रोन र लागूऔषधसहित पक्राउ गरेको हो ।
उनले लागूऔषध कारोबार गर्नुअघि सो क्षेत्रको ड्रोनमार्फत अवलोकन गर्दथे । गुरुङ आफंै पनि लागुऔषध दुव्र्यसनी हुन् । लामो समयदेखि उनले आफू बस्ने कोठाबाटै लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका केही लागुऔषध कारोबारीले गुरुङको नाम पोलेपछि प्रहरीले खोजी थालेको थियो । प्रहरीको आँखा छल्न उनले ड्रोनको प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

‘आफ्नो क्षेत्रमा प्रहरी आएको पत्ता लगाउन उनले ड्रोन उडाएर सो क्षेत्रको अवलोकन गर्ने गरेको देखियो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले भने ।
उनका अनुसार प्रहरीले गुरुङको कोठाबाट १ थान ड्रोन, ३ ग्राम खैरो हेरोइन, एक थान लागुऔषध जोख्ने डिजिटल मेसिन, २४ ओटा विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा, विभिन्न खाले लागुऔषध ट्याब्लेट र एक लाख नगद रुपैयाँ बरामद गरेको छ ।
गुरुङ लामो समयदेखि काठमाडौंमा लागुऔषधको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्