Logo
Logo

गगन थापाले अनियमितता गरेको स्वास्थ्य राज्यमन्त्रीद्वारा खुलासा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ माघ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले पूर्वस्वास्थ्यमन्त्री गगन थापाले हचुवाका भरमा कमिसनका लागि भेन्टिलेटर खरिद गरेको खुलासा गरेका छत् । थापा स्वास्थ्यमन्त्री हूँदा मेडिकल माफियाको प्रभावमा परी अनाबश्यक रुपमा भेन्टिलेटर खरिद भएको हो ।

?


मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा यादवले थापामाथि अनियमितताको आरोप लगाएका हुन्। थापा पनि सोही समितिको सदस्य हुन्।
‘गगनजी बैठकबाट जानुभयो’, यादवले भने, ‘मन्त्रालयसँग ३०–३५ वटा भेन्टिलेटर छ। एक वर्ष वारेन्टी रहेछ। वारेन्टी पनि सकियो। कहिलेकाहीँ के हुन्छ भने हामी विनाप्लानिङ सामान किन्दिछौं। तर अहिले दिने ठाउँ छैन।’
मन्त्री यादवले शिक्षा तथा स्वास्थ्य समितिलाई समेत मन्त्रालयको सीमा सम्झाए। ‘हामी जति ठूलो कुरा गरौं, जति प्रतिवेदन बनाऔं’, यादवले भने, ‘मन्त्रालयको साढे ४ अर्बको बजेटले के हुन्छरु’
मन्त्री थापाले स्वास्थ्यमन्त्री हुँदा धेरै सुधार गरेको दाबी गरेका थिए । तर, बिशाल पण्डितसँग मिलेर खरिदमा अनियमितता गरेका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिमा २० करोड लिएको सार्वजनिक भएको थियो । थापाको समय नियुक्त भएका उपकुलपति आके रौनियारले प्रतिष्ठानमा लुट मच्चाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्