Logo
Logo

प्रदेश २ मा भोलि सार्वजनिक बिदा


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, ४ माघ । प्रदेश २ मा भोलि सार्वजनिक बिदा दिइएकाे छ । ‘बलिदानी दिवस’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा शहीद भएका रमेश महतोको सम्झनामा हरेक वर्ष प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रदेश सरकार गठन भएसँगै ५ माघलाई प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो । मधेश आन्दोलनमा शहीद भएका महतोलाई पहिलो मधेशका शहीदका रूपमा सम्झँदौ बलिदानी दिवस मनाइँदै आएको छ । दिवसका दिन यस वर्ष प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्