Logo
Logo

पाँच डिएसपीको सरुवा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं माघ २५ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार पाँच डीएसपीको काज सरुवा गरेको छ । सरुवामा एक जिल्ला र एक इप्रकाका इन्चार्ज फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी रबिन्द्र बहादुर सिंहको आइजी सचिवालय सरुवा भएको छ भने जाजरकोटमा कर्मचारी प्रशासन शाखाका डीएसपी श्याम खत्री गएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी कुमोद ढुङ्गेलले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सरुवा गरिएको छ । डिएसपी ढुंगेल इन्काउन्टरका कारण कहिले चर्चा तथा कहिले विवादमा आउने अधिकारी हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत डीएसपी युवराज खड्का सशस्त्र प्रहरी गण नम्बर नक्सामाल सरुवा भएके छ ।
त्यस्तै हालै यूएन मिसनबाट फर्किएका डिएसपी धर्मराज भण्डारीको जिप्रका रुपन्देहीमा सरुवा भएको छ । उनी पटक पटक रुपन्देही बस्दै आएका छन् । रुपन्देहीको एक समूहसँग घनिष्ठता भएकाले उनी त्यहाँ बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्