Logo
Logo

भरतमोहनको स्वास्थ्यमा भएन सुधार, मेडिसिटीबाट सारियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २५ माघ ।
पूर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार नआएपछि ह्याम्स अस्पतालमा सारिएको छ । बिगत एक महिनादेखि बिरामी उनको मेडिसिटि हस्पिटलमा उपचार भइरहेको थियो।


उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताएका छन् । उनले मेडिसिटीमा उनको उपचारमा लापरबाही भएको आरोप समेत नेकपा नेता थापाले लगाएका छन्।
उनले नेता अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ’ बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ।’
अधिकारीको उपचार गराइरहँदा पनि अस्पतालले कुनै सूचना वा उपचार बुलेटिन ननिकाले बताउँदै उनले प्रश्न गरेका छन् ’ फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला?’

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनप्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको जवाफदेहीता बारे बुझ्न समेत मुश्किल परेको उनले उल्लेख गरेका छन्। उनी लेख्छन्, ’खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला?’

प्रतिक्रिया दिनुहोस्