Logo

ट्रेडमार्क चोरेर पैसा कमाउने व्यापारी अग्रवाल पक्राउ


- दृष्टि न्युज/संवाददाता



वीरगञ्ज, २५ माघ ।
वीरगञ्ज महानगरपालिका, १० आदर्शनगरमा रहेको ‘स्विट मार्ट फुड इन्डष्ट्रिज’का सञ्चालक निरञ्जन कुमार अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीे टोलीले अग्रवाललाई पक्राउ गरेको हो ।

‘सेन्टर फ्रुट’ चुइगम उत्पादन गर्दै आएको भारतीय कम्पनीले आफ्नो ‘ट्रेडमार्क’ चोरी गरेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘कपी राइट’ मुद्दामा अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।
‘मेरो सृजना चोरी र्गयो भनेर सेन्टर फ्रुट उत्पादन गर्ने भारतीय कम्पनीले उजुरी गरेको रहेछ,’ शर्माले भने ‘त्यसैका आधारमा आवश्यक सोधपुछका लागि जिल्लामा ल्याएका छौँ ।’
अग्रवाल सञ्चालक रहेको ‘स्विट मार्ट’ कम्पनीले सेन्टर फ्रुट जस्तै प्याकेटमा सेल्टर फिल्ज चुइगम उत्पादन गर्दै आएको छ । अग्रवालविरुद्ध यसअघि नै कपी राइट मुद्दा अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्