Logo

जिल्ला अदालतका न्यायधीश घुसकाण्डमा तानिए


Published On : 8 February, 2019


काठमाडौं, २५ माघ ।

जिल्ला अदालत काठामडौंका न्यायधीश बाबुकाजी बानियाँ घुसकाण्डको छानबिनमा तानिएका छन् । उनलाई जिल्ला अदालतबाट जिम्मेवारी खोसिएको छ । मुद्दा जिताइदिने भन्दै काठमाडौं घुस लिएको आरोपमा उनको फाँटमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले पाँच लाख रुपैयाँ घुस सहि तगत १७ माघमा पक्राउ परेका थिए । सवारी ज्यान मुद्दा जिताइदिने भन्दै उनले घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको थियो । यसमा न्यायधीशको समेत मिलेमतो हुन सक्ने आशंका गरी न्याय परिषद्ले फाइल झिकाएर छानबिन थालेका थिए । जसमा कर्मचारीले मात्र त्यती धेरै पैसा बुझ्न नसक्ने भएकाले न्यायधीशमै मिलेमतो देखिएको हो ।
थप प्रमाण भेटिए उनलाई निलम्बनको तयारी भइरहेको न्यायपरिषद् स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्