अन्जान शाक्य सहित तीन राजदूतको शपथ « Drishti News – Nepalese News Portal
Logo

अन्जान शाक्य सहित तीन राजदूतको शपथ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २५ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 



राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभयो । 

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
(रासस) ः

प्रतिक्रिया दिनुहोस्