Logo
Logo

किन शेयर बजार उकालो लाग्दैछ ?


शंकरमान सिंह


मुलुकको वास्तविक अर्थव्यवस्था अपेक्षितरुपमा मजबुत नभए पनि शेयर बजार मूल्य निरन्तर बढिरहेका छन् ? यसको एउटा कारण धितोपत्र बजारले सानो व्यवसाय र कम आम्दानी सेवा व्यवसायलाई सापेक्षिकरूपमा बढी असर गरेको छ । तिनीहरू वास्तविक अर्थव्यवस्थाको लागि आवश्यक छन्, तर ‘इक्विटी’ बजारहरूको लागि यति धेरै आवश्यक छैन ।

मुलुकमा राजनीतिक अस्थिरता तथा संवैधानिक संकटको बेला पनि सेयर बजारले हरेक दिन नयाँ उचाइ लिँदै नेप्से सूचाकांक र रकम समेत बढ्दै गइरहेको छ । कोरोनाका कारण बजारमा ऋणको माग नबढ्दा घटेको ब्याजदर, अर्थ मन्त्रालयमा व्यवसायीमैत्री नयाँ नेतृत्व, सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने नेपाल राष्ट्र बैंकका निर्देशन र तथा सेयर बजारकै नियामक निकाय धितोपत्र बोर्डलगायतको तालमेलबाट सिर्जित सकारात्मक वातावरणले सेयर बजारमा उत्साह ल्याएको देखिन्छ । साथै, लामो समयदेखिको राजनीतिक अस्थिरता, भूकम्प एवं राजनीतिक दलभित्रको विवादबीच पनि लगानीकर्ता आफूलाई निरपेक्ष देखाउँदै पछिल्ला महिनामा सेयर बजार लगातार एकपछि अर्को ऐतिहासिक रेकर्ड बनाउँदै गइरहेको सबैका सामु स्पष्ट छ ।

केही लगानीकर्ताको मतअनुसार यदि लगानीकर्ताहरूले सचेतरूपमा नै राजनीतिसँगको आफ्नो लगावलाई घटाउँदै लगेको हो भने यो एउटा सुखद् संकेत हो । विश्वभर नै राजनीतिबाट मात्र नभएर अन्य नीतिगत निर्णयबाट सेयर बजार प्रभावित हुन्छ । तर, नेपालमा सदा राजनीतिकरूपमा एकपछि अर्को अस्थिरताका घटनाक्रमहरू दोहोरिइरहने भएकाले तत्कालै यसको प्रभाव सेयर बजारमा परे पनि विस्तारै राजनीतिक अस्थिरताको प्रभाव कम हुँदै गएको छ । सेयरबजारको आफ्नै प्राविधिक समस्याहरूका बाबजुद बजारमा हाल छाएको हरियालीले राजनीतिबाट नेपाली लगानीकर्ताहरू आफूलाई विस्तारै दूरी कायम गर्दै लगेको रूपमा लिनुपर्छ । राजनीतिक दल तथा सरकारले नीति–नियम बनाउने तथा बजारलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बन्दा सेयर बजारमात्र होइन, लगानीका अन्य क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव पर्छ ।

नेपालमा शेयर बजारको मूल्य बढ्नुमा बैंकहरूले निक्षेपमा दिने न्यून ब्याजदरहरू पनि प्रमुख कारण हुनसक्छ । वित्तीय बजारमा यो निक्षेपका दर बढ्ने सम्भावना कम छ, घर, रियलस्टेट, सुनजस्ता दीर्घकालीन सम्पत्तिका मूल्यहरू सबै माथिल्लो तर्फ लागेका छन् । उनीहरूले न्यून ब्याजदरबाट अप्रत्यासितरूपमा फाइदा उठाएका छन् । मार्जिन लेन्डिङको सहज र कम ब्याजदरमा उपलब्धता पनि एक प्रमुख कारण हुन सक्दछ । त्यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निजी क्षेत्रबाट माग नबढेका कारण लगानीयोग्य रकम थुप्रिएको तथा ब्याजदर पनि सस्तो भएका कारण सेयर बजारमा लगानी बढेको पनि देखिन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्ने तथा ब्याजदर घट्दा सेयर बजार बढ्ने हुनाले ब्याजदर तथा सेयर बजारको सम्बन्ध सधैँ एकआपसमा उल्टो रहेको पाइन्छ ।
अत्यधिक कम ब्याजदरहरू प्रदान गर्नुको साथसाथै बैंकहरूले निजी ऋणपत्र बजारलाई प्रत्यक्ष समर्थन गरेका छन् । यी निजी ब्रान्ड खरिदहरू पारम्परिक अर्थमा मौद्रिक नीतिको रूपमा सोच्नुहुन्न । बरु, तिनीहरू एक अर्धवित्तीय नीतिसँग मिल्दोजुल्दो छ, केन्द्रीय बैंकले आकस्मिक अवस्थामा ट्रेजरीका लागि एजेन्टको रूपमा काम गर्नेछ ।

यसैबीच नेपाल धितोपत्र बोर्डले नेप्सेका अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको जनाएको छ । बोर्डका अनुसार बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरूबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार रहेकोमा हालै एकै दिन २४ हजारले डिम्याट खाता खोलेबाट यसको संख्या उल्लेख्य परिवर्तन भएको छ । जुन कुल जनसंख्याको करिब ८ प्रतिशतको हाराहारी रहेको छ । नियामक संस्था नेपालको धितोपत्र बोर्ड बोर्डले सजग भएर लगानी गरौं भनी सार्वजनिक सूचना निकालेको छ । पछिल्लो समय पूँजी बजारले दिनानुदिन नयाँ–नयाँ कीर्तिमान राख्न थालेपछि नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग भई लगानी गर्न आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा निजी क्षेत्रबाट माग नबढेका कारण लगानीयोग्य रकम थुप्रिएको तथा ब्याजदर पनि सस्तो भएका कारण सेयर बजारमा लगानी बढेको देखिन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्ने तथा ब्याजदर घट्दा सेयर बजार बढ्ने हुनाले ब्याजदर तथा सेयर बजारको सम्बन्ध सधैँ एकआपसमा उल्टो रहेको पाइन्छ ।

लगानी बोर्डको सुझाव
बोर्डको सुझावमा भनिएको छ– ‘लगानीकर्ताले पूँजी बजारमा केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था हेर्नुपर्छ । ती संस्थाहरूको आधारभूत तथा प्राविधिक पक्षका विश्लेषणका साथै ऐन नियमको पालनाको अवस्था पनि हेर्नुपर्छ, संस्थाको समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरेपछि मात्रै लगानीकर्ताले लगानीसम्बन्धी निर्णय लिनुपर्ने छ ।’
बोर्डले विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण गर्नुपर्ने, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता लगानीकर्तामा हुनुपर्ने तथा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग र सुझबुझ गरेर मात्रै बजारमा लगानी गर्नुपर्ने पनि बताएको छ । साथै, बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी यी सुझावलाई अपनाएर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई अनुरोध गरेको छ ।

कोभिड–१९ ले आर्थिक गतिविधि शिथिल हुँदै गएर पछिल्ला करिब नौ महिनादेखि अर्थतन्त्र संकुचित हुँदै गइरहेको परिप्रेक्ष्यमा सेयर बजारमा भने एकाएक उत्साह देखिएको छ । विगतका आर्थिक वर्षहरुमा हेर्ने हो भने आर्थिक वृद्धि उत्साहजनक भएका वर्षमा सेयर बजारमा पनि उच्च अंकको वृद्धि भएको देखिन्छ । अर्थात्, आर्थिक वृद्धि तथा सेयर बजारका बीच सकारात्मक सम्बन्ध देखिन्छ । तर यसपटक आर्थिक वृद्धि न्यून हुने प्रक्षेपण भएको चालू आर्थिक वर्षमा पनि सेयर बजारले उचाइ लिँदा पछिल्ला वर्षहरुको सेयर बजार तथा आर्थिक वृद्धिबीचको सम्बन्ध उल्टो देखिने हो कि भन्ने आंकलन गर्न सकिन्छ ।

बजारमा अचानक उत्साह आउनुपर्ने गरी न त आर्थिक गतिविधि बढेको छ, न त अर्थतन्त्रले दौडने छाँट नै देखाएको छ । तर पनि पछिल्लो समय सेयर बजारप्रति नकारात्मक भनेर चिनिएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन तथा बजारप्रति सकारात्मक अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई पनि केही सेयर विश्लेषकहरुले कारण बताएका छन् । लगानीकर्ताहरू भविष्यको आय हेरी स्टक मूल्यहरू निर्धारण गर्छन् । यो सबै आय, वृद्धि र सम्भाव्यताको बारेमा छ । अहिले त्यहाँ धेरै आशा छ कि अर्थव्यवस्था सुधार हुनेछ, र त्यो सँग अधिक रोजगार र अधिक खर्च आउँछ ।

प्रतिक्रिया दिनुहोस्