Logo
Logo

उपराष्ट्रपति पुनले दिए कमला ह्यारिसलाई बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उपराष्ट्रपति पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाएका हुन् ।

उपराष्ट्रपति पुनले बधाई सन्देशमा नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । बाइडेनलाई बधाई सन्देश दिँदै भण्डारीले उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री ओलीले पनि बाइडनलाई बधाई सन्देश पठाउँदै बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास व्यक्त गरेका छन् ।

यो पनि…

बाइडेनलाई राष्ट्रपति भण्डारीद्वारा बधाई

प्रधानमन्त्री ओलीले दिए वाइडेनलाई बधाई

 

प्रतिक्रिया दिनुहोस्