Logo
Logo

ओलीलाई साधारण सदस्यबाट हटाइएको अध्यक्ष नेपालको घोषणा


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत आजै निष्कासन गर्ने घोषणा गरेका छन् । आज (बिहीबार) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

‘तीन दिन अगाडि बालुवाटारमा चिठ्ठी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठ्ठी लेखेर नेकपाको साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निष्कासन गर्दैछौँ,’ उनले भने, ‘केपी ओली २०७१ देखि पूर्व एमालेमा पनि घाँडै थिए, पार्टी एकीकरणपछि पनि घाँडै भए, आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

अध्यक्ष नेपालले तत्कालीन नेकपाको बहुमत आफूसँग रहेको बताउँदै आफूहरु आधिकारिक भएको दावी गरेका छन् । उनले बहुमत सदस्यले ओलीलाई गर्ने कारबाही वैधानिक हुने समेत दावी गरे ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रा मान्छे नउभिएको बताएका छन् ।

उनले प्रतिनिधि सभा विघटन गरेर आलीले पार्टीकै बदनाम गरेको र आफू पनि कलंकित भएको बताए । ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे । पार्टीको कलंकित व्यक्ति भए । संविधान कुच्चिए’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्