Logo
Logo

पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थपिए छन् । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्