Logo
Logo

राधिका बनिन् जंगल युद्धकला तालिम पूरा गर्ने पहिलो महिला सैनिक


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं, ८ माघ । सिपाही राधिका थापा पहिलो प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सक्ने पहिलो महिला सैनिक भएकी छन् । झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ ।

तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो । प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयकी सैनिक व्याच नम्वर २६३८०७ नम्वर राधिका पहिलो पटक तालिममा सहभागी भएकी थिइन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्वर २ थापाटोल स्थायी घर भएकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जाबाट नेपाली सेनामा प्रवेश गरेकी थिइन् ।

उनी २०७० जेठ २४ गतेदेखि प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन् । थापाले लिएको तीन महिने तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, सर्पदंग व्यवस्थापन लगाइत जंगलमा हुन जोखिम व्यवस्थापन सम्वन्धि तालिम दिइन्छ ।

 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000