Logo
Logo

सबै पार्टी संयुक्त रूपमा आन्दोलनमा जाऔं : चित्रबहादुर केसी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबै पार्टी मिलेर संयुक्त रूपमा आन्दोलनमा जाने समय आएको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको कार्यक्रममा नेता केसीले देश अध्यारो सुरुङ्ग तिर फस्न लागेकाले त्यसलाई जोगाउन अब सबै पार्टी संयुक्त रुपमा आन्दोलनमा जानुपर्ने बताएका हुन् ।

निजी स्वार्थका लागि राजनीतिक पार्टीबाट पटक पटक नेपाली जनताले धोका पाइरहेको केसीले गुनासो गरे । केसीले केही व्यक्तिहरु, केही दलहरु राष्ट्र र जनताको स्वार्थभन्दा सत्ताधारीहरुको दलाली गरेर आफ्नो फाइदा उठाउन लागी परेको आरोप समेत लगाए । कार्यक्रममा केसीले ३० वर्षे पञ्चायत देखि राजा फाल्न समेत सबै पार्टी एक ढीक्का भएर नलागेसम्म सम्भव नभएको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस्