Logo
Logo

गगन थापाको न्यायाधीशलाई आग्रह- ‘कोहीबाट प्रभावित नहुनुस्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायाधीशलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आज (बिहिवार) बुटवलमा आयोजना गरेको विरोध सभामा नेता थापाले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा न्यायाधीशलाई कोठा भित्रको खासखुसमा प्रभावित नहुन आग्रह गरेका हुन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नशामा लठ्ठ भएर गरेको निर्णय नभई विगत दुुई–ढाई वर्षको योजनाअनुसार गरेको आरोप समेत लगाए । कांग्रेसले न्यायालयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी थापाको थियो ।

उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्