Logo
Logo

महिला फुटबल : सावित्रा भण्डारीकाे ह्याट्रिकमा एपीएफकाे शान्दार जित


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, ८ माघ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक/एक गोल थपिन् । जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । त्यस्तै बिहीबार नै वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्