Logo
Logo

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघ्यो, ९ करोड ५६ लाख संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या २० लाख ६६ हजार नाघेको छ । हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
यस्तै, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ५३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १३ हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख २५ हजार ४२० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८१ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणको अवस्था 
नेपालमा हिजो विहिबारसम्म कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । पछिल्लो थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ६ सय ४६ संक्रमितको संख्या पुगेको हो ।

यस्तै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ९९ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३१ हजार ७ सय ५६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ जना रहेको छ ।

 

यो पनि पढ्नुहोस्

कोरोना खोप लगाउनलाई मात्रै ६२ करोड खर्च लाग्ने !

आइपुग्यो कोरोना विरुद्धको खोपः नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?

प्रतिक्रिया दिनुहोस्