Logo

यो तमासा होइन


शम्भु श्रेष्ठ


काठमाडाैं, ९ माघ । राजनीति गर्ने नेता र कार्यकर्तामा हुनुपर्ने गुण भनेको इमान्दार र चरित्रवान हो । इमान नभएको, बोलीको ठेगान नभएको र मुखले एउटा कुरा गर्ने, व्यवहारले अर्को काम गर्ने नेता होस् वा कार्यकर्ता त्यसलाई ढोँगी भनिन्छ । यस्ता नेताबाट देश कहिले पनि उँभो लाग्दैन । जनताले सधैं दुःख पाउँछन् ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित छ । दुवै खेमाका नेताहरुले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोषारोपण गरिरहेका छन् । दुवैतिर बाँडिएका कार्यकर्ताले तल बसेर थपडी बजाइरहेका छन् । को ठीक, को बेठीक भन्ने कुरा ताली ठोक्ने कार्यकर्ताले छुट्याउन सकिरहेका छैनन् । कोही स्वार्थका कारण, कोही लोभका कारण दुई खेमामा बाँडिएका छन् । जुन दिन सत्य थाहा पाउँछन्, तब तिनीहरु एक ठाउँ उभिन्छन् । उभिनुपर्छ ।

पक्कै पनि नेकपा विभाजन हुनुमा दुईमध्ये एक खेमा दोषी छ । कसका कारण यो पार्टीमा विभाजन आयो भन्ने कुरा पनि नेता र कार्यकर्ताले बुझेका छन् । तर, बुझेर पनि बुझ पचाउँदा समस्याको गाँठो गुजल्ठिदै गएको छ । यो गाँठो फुकाउने काम पनि नेता÷कार्यकर्ताहरुकै हो । अन्तिम फैसला जनताले गर्ने नै छन् । नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको माला पहिर्याउने पनि नेपाली जनता नै हुन् ।

त्यसैले यो तमासा मात्रै होइन, यो आन्दोलन हो । जनताको आन्दोलनलाई ‘तमासा’ देख्नेहरु ढिलो चाँडो पतनको ढिलमा पुग्छन् । नेपालकै इतिहासमा धेरै शासक पतन भएका छन् । सत्तामा अलि बढी मात लाग्छ । किनभने, सत्ता शक्ति हो । त्यस शक्तिलाई सन्तुलन गर्न सकिएन भने त्यही शक्तिले आफूलाई क्षय गर्छ । त्यसैले भनिन्छ, ‘सिसाको घरमा बस्नेले ढुंगा हान्नु हुँदैन ।’

जनताको आन्दोलनलाई ‘तमासा’ देख्नेहरु ढिलो चाँडो पतनको ढिलमा पुग्छन् । नेपालकै इतिहासमा धेरै शासक पतन भएका छन् । सत्तामा अलि बढी मात लाग्छ । किनभने, सत्ता शक्ति हो । त्यस शक्तिलाई सन्तुलन गर्न सकिएन भने त्यही शक्तिले आफूलाई क्षय गर्छ । त्यसैले भनिन्छ, ‘सिसाको घरमा बस्नेले झोपडीमा ढुंगा हान्नु हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटार बसेर प्वाक्क–प्वाक्क सडकमा ढुंगा हान्दैछन् । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेका आफ्नै सहयोद्धाहरुलाई सिनेमाको कथासँग जोड्दै शान्त तलाउमा ढुंगा हान्दैछन्, त्यसैले सडकमा तरंग उत्पन्न हुन्दैछ । अर्थात्, उनी जनता जिस्काउँदैछन् । जनता जिस्काउनुको परिणाम कति भयानक हुन्छ भन्ने उनले अनुमान गरेका छैनन् ।

गत बिहीबार राष्ट्रिय सभागृहमा प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली स्वतन्त्र प्रेसमाथि खनिए । पहेँलो चस्मा लगाएर सञ्चारकर्मीलाई सम्बोधन गर्दै गर्दा उनले आफु निकट सबैलाई ‘पीत’ देखेर भने– ‘पीत पत्रकारिताबाट देश र समाजलाई जोगाउनुस् ।’ संसारका जुनसुकै देशमा पनि सत्ताको आरती उतार्ने पत्रकारितालाई पीत पत्रकारिता भनिन्छ । राष्ट्रिसभा गृहमा भेला भएका सत्तापक्षीय पत्रकारहरुमाथिको प्रहार हो यो । त्यसैले बुढापाका भन्छन्– बोल्दा थुतुनो र मु…को ख्याल गरिएन भने त्यसको नकरात्मक प्रभाव पर्छ ।

सिँगो सञ्चारमाध्यम ओलीको प्रतिगमनविरुद्ध खनिएको छ । दुई तिहाइ बहुमतको सरकारले गरेको संसद विघटनको घटनालाई ‘असंवैधानिक’ भन्दै आलोचना गरिरहेका छन् । कतिपय सञ्चारकर्मीहरु त आन्दोलनमै उत्रिसकेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो अक्षमता ढाक्न असंवैधानिक कदम चालेकोमा दुईमत छैन । उनी आफैँप्रति इमान्दार नभएको परिणामको घटना हो यो । माओवादी केन्द्रसँग पार्टी एकता गर्दा भएको सहमतिप्रति ओली इमान्दार भएको भए यो परिस्थिति आउने थिएन ।

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओली शक्तिविहीन बनेका छन् । ओलीको शक्ति भनेको नेपाली जनता हुन् । त्यही जनताको मतलाई कुठराघात गरेर उनी सत्ताको शक्तिमा रमाइरहेका छन्, जुन उनका लागि अस्थायी शक्ति हो । त्यो शक्तिले राजा ज्ञानेन्द्रलाई त जोगान सकेनन् भने ओली त तिनका लागि ‘भुसुना’ मात्र हुन ।

अब सबैको ध्यान सर्वोच्च अदालत केन्द्रित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्यो भने लोकतान्त्रिक शासन व्यवस्था फर्किएला । अन्यथा, देश कुन भड्खालोमा जाकिने हो थाहा छैन । किनभने, ओलीको यस कदमबाट पूर्वराजा ज्ञानेन्द्रबाहेक यो मुलुकमा अरु कोही खुसी छैनन् । सबैलाई चेतना भया !

प्रतिक्रिया दिनुहोस्