Logo
Logo

संसद् विघटनको विरोध गर्नेहरू देश विरोधी हुन : प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’

प्रधानमन्त्री ओलीले पाँचै वर्षका लागि जागिर जस्तो सांसद् पद नभएको बताए । उनले भने, ‘चुनिएर आएपछि संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने, सांसद् भनेको जागिर हो ? सांसद् भनेको जागिर होइन । उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ । यो सथायी जागिर हो ।’

उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गरे ।  प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि संसद् विघटन गरेकाे बताए । उनले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको मूल्याङ्कन पनि जनताले गरुन् भनेर नै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गर्दछु ।’

सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।

उनले जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने, ठाउँमा देशको सेवा नगरेर अरुद्वारा निर्देशित, अरुको इशारामा अरुको लागि काम गर्ने भएपछि स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई भत्काउन खोजेपछि स्थिरताको लागि जनतामा ताजा जनादेशका लागि जानु परेको बताए।

प्रधानमन्त्री ओलीले आफू तानाशाह नभएको बताए । मैले आफ्नो हातमा लिएको छैन। लिएको भए तानाशाही हुन्थ्यो। जनतालाई फैसला गर्नुस् भन्दा म तानाशाह भएँ?ु, उनको प्रश्न छ।

ओलीले संसद् विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराउनहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी, जनविरोधीहरु भएको बताए। उनीहरुलाई अस्तव्यस्तता खडा गर्ने देशमा, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने र बहुमतको सरकार तोडेर अनि जोडजाम सरकार बनाएर स्थिरताका नाटक गर्ने भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्