Logo
Logo

इसाई समाजको एकदिने स्वास्थ्य शिविर


- दृष्टि न्युज/संवाददाता


धरान । ‘मानिसको पुत्र सेवा लिनलाई होइन, सेवा दिनलाई’ भन्ने नाराका साथ इसाई समाज धरानले एक दिने स्वास्थ्य शिविर कार्यक्रम धनकुटाको शहीद भूमी गाउँपालिकामा सम्पन्न गरेको छ ।

हरेक वर्ष स्वास्थ्य शिविर गर्दै आएको समाजले सोमबार धनकुटाको छिन्ताडस्थित अनिवार्य निःशुल्क माध्यमिक विद्यालयको प्रागणमा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा २ सय जना गाउँले तथा विधार्थीलाई स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि वितरण समेत गराएका थिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र प्राविधिकहरुको टोलीले स्वास्थ्य सेवा उपलव्ध गराएको थियो । २ जना मध्ये सबैभन्दा बढी छालासम्बन्धी रोगी भेटिएको कुरा स्वास्थ्य टोलीमा खटिएका चर्म तथा यौन रोग विशेषज्ञा प्राडा धनकेशर खडकाले बताए । यसभन्दा अघि कुनै स्वास्थ्य शिविर नभएको त्यस ठाउँमा पहिलो पटक विपी प्रतिष्ठानका डाक्टरहरुले घर आँगनमा आएर स्वास्थ्य परीक्षण गरिदिँदा आफूहरु साह्रै हर्षित भएको कुरा त्रिवेणीका७७ वर्षिय टेगन राईले बताए । स्वास्थ्य टोलीमा बालबालिकका प्राडा अरुणकुमार सिंह, चर्म तथा यौन रोगका प्राडा धनकेशर खड्का, डा वीजी श्रेष्ठ, डाक्टर सन्तोषकुमारी अग्रवाल, डाक्टर मिलन श्रेष्ठ, डा कृष्ण सुवेदी, डा उज्वल गौतम, डा रेशम कोइराला, डा नगेन्द्रप्रसाद जोशी, डा एकबहादुर तामाड, डा प्रकाश सुवेदी, डा कमलप्रसाद आचार्य स्टाफ नर्स निशा श्रेष्ठ ल्याव प्राविधिक लक्की रामसोरेन आँखा प्राविधिज्ञ राजकुमार बराल रहेका थिए ।
सोही दिन समाजले विद्यालयका बालबालिकालाई १२० थान विद्यालयको निलो सुइटर, खेलकुदका सामग्री र पंखाहरु विधार्थीलाई वितरण गरेका थिए । झण्डै एक लाख बराबरको सो सामग्रीहरु र विद्यालयका प्रधानाध्यापकलाई इसाई समाज धरानका अध्यक्ष कमल ह्युजले हस्तान्तर गरेका थिए । हस्तान्तर कार्यक्रममा बोल्नुहँुदै ह्युजले समाजले हरेक वर्ष बालबालिका तथा गाउँले जनताहरुको लागि आफ्नै साथीभाइले पकेट खर्च जोगाएको रकमले सहयोग गर्दै आइरहेकामा खुसी लागेको बताए । हस्तान्तर समारोहमा धरानका पाष्टर पर्शु गुरुङ, स्थानीय अभिभावक गणेश राई, कार्यक्रम सयोजक आर्टिस्ट राई, शहीदभूमी गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्