Logo
Logo

ग्लोबल आइएमई बैंक र युर्निभर्सल अस्पतालबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पताल, भैरहवावीच अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजयकुमार पिएस र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलीप डाँगीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खालका योजनाहरु ल्याइरहेको छ ।
उक्त सम्झौतापश्चात युनिभर्सल अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैकिङ सेवामाफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, सात एक्सटेन्सन काउण्टर तथा ११७ शाखारहित बैकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्र्पक कार्यालयमार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैकिङ सेवा, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्