Logo
Logo

कृतिम खुट्टाका लागि सहयोगको अपिल


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं,  २९ माघ  । चार बर्षअघि गोरखा तल्लो गोहोरेका ३० बर्षीय बुद्धिबहादुर ढकाल वैदेशिक रोजगारीको निम्ति मलेसिया पुगे । मलेसिया पुगेपछि एउटा कार्टुन बनाउने कम्पनीमा काम गरेका बुद्धिको काम थालेको पाँच महिनामै मेसिनले एउटा खुट्टा खाइदियो, अर्कोचाहिं काम नलाग्ने गरि फुट्यो ।
कम्पनीमा दुर्घटनापछि उनको उपचार हुँदाहुँदै नेपाल फर्केर काठमाडौँमा बसेर उपचार गरे । उनी काम गर्ने कम्पनीले नै उपचार खर्च पनि बेहोर्यो । फुटेको एउटा खुट्टा बच्ने आशाले एउटा खुट्टामा स्टील राखेर जोगाएको खुट्टा पनि काम नलाग्ने भएपछि फाल्नु प¥र्यो ।
काठमाडौँ फर्केर ३ बर्ष अस्पताल बसेर उपचार गर्दा पनि दुवै खुट्टा गुमाउनु परेका ३५ बर्षीय बुद्धिबहादुर यतिबेला काठमाडौँमा नेपाल हेल्थ इकोनोमी डेभ्लोमेन्ट फाउन्डेशन नामक संस्थाको शरणमा छन् । उपचारकै शिलशिलामा उक्त संस्थामा रहेका उनको आर्थिक अवस्था कम्जोर भएको र आगामी दिनमा केही गरिखाने आशाका साथ बाँचिरहेका बुद्धिलाई कृतिम खुट्टा बनाउनका निम्ति गोरखा समाजका अध्यक्ष महेश गुरुङको पहलमा आर्थिक संकलन कार्य शुरु भएको छ ।
महेश गुरुङको पहलमा नेपाल आर्मी अस्पताल छाउनीले आधा रकम छुटमा उनको कृतिम खुट्टा निर्माण गरिदिने भएको छ । गुरुङका अनुसार अस्पताल उनको कृतिम खुट्टा निर्माणको निम्ति तीन महिना अस्पताल बस्नुपर्ने भएको छ । तर, आर्थिक अभाव भएको कारण सहयोगको निम्ति हार गुहार गरिएको हो ।
सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै गुरुङले आफ्नो पहलमा गोर्खाली समाज बहराइन लगाएत हङकङ र राजधानीमा रहेका सहयोगी हातहरुको सहयोगमा जम्मा भएको नगद ७९,००० रुपैयाँ हस्तान्तरण गरेका छन् ।
यसैगरी बुद्धिबहादुरको कृतिम खुट्टा निर्माण र अस्पताल खर्च डेढ लाखको हाराहारीमा लाग्ने भएकोले अझै रकम अपुग भएकाले सहयोग गर्न चाहनेहरु जो कोहीलाई पनि सहयोगको निम्ति अपिल गरिएको छ ।
यही बिहीबारदेखि अस्पताल बस्नुपर्ने भएकाले यथाशिघ्र सहयोग गरिदिनहुन सहयोगी अगुवाई महेश गुरुङ र बिरामी बुद्धिबहादुर ढकालले कार्यक्रममा बताए । सहयोगको निम्ति बुद्धिबहादुरको मोबाइल नम्बर ९८०४१८२४६८ र अभियन्ता महेश गुरुङको ९८५१०३८०४० मा सिधा सम्पर्क गन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्