Logo
Logo

१४ वर्षीय बालक हत्याका आरोपी गर्बुजा पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

पोखरा । पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपी युवक पक्राउ परेका छन् ।

पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । हल्लनचोकस्थित निर्माणाधीन एक भवनमा सिञ्जालीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीलाई आज बिहान २.३० बजे घटनाका बारेमा जानकारी गराइएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीसहितको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान शुरु गरेलगत्तै हत्या आरोपित पक्राउ पर्न सफल भएको हो ।
सचिनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सचिनका बुबाआमाबीच सम्बन्ध राम्रो नभएकाले अलग अलग बस्दै आएका छन् । आमा लेकसाइडमा स्पा सञ्चालन गर्छिन् भने बुबाले फ्रेस हाउस सञ्चालन गर्दैआएका छन् । सचिन हजुरआमा र आमासँगै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्