Logo
Logo

सरकार जनअपेक्षाअनुरुप अघि बढ्न सकेन : पूर्वप्रम भट्टराई


- दृष्टि न्युज/संवाददाता


पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए ।

सरकारले जनचाहनाअनुरुप क्रमभंग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उनले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गरे । गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पु¥याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अंकमा बढ्नुपर्ने आवश्यकता औँल्याए ।
निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको बताउँदै भट्टराईले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्