काठमाडौं, २७ माघ । नेकपा प्रचण्ड–माधव समूहले विरोध सभाअघि मार्चपास गरेका छन् । बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले आज मंगलबार मार्चपास गरेका हुन् ।
प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार( पुतलीसडक( कमलादी(रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने बताइएको छ ।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनलाई भव्य बनाउन प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानबारे प्रचण्ड-माधव समूहले विवरण नै सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेबाट प्रर्दशन सुरू हुने छ ।













