
काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज बुधबार आयोजना गरेको बृहत विरोध प्रदर्शनमा उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुससहित सभास्थल भृकुटी मण्डपमा नेता तथा कार्यत्रर्ता पुग्नेक्रम जारी छ । माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस भृकुटीमण्डप केन्द्रित भएको हो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भइ सभामा परिणत हुनेछ । आजको विरोध सभाका नेकपाका अध्यक्षद्वय प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

















