Logo
Logo

प्रदेश प्रमुख झाद्वारा पदभार ग्रहण


दृष्टि संवाददाता


जनकपुरधाम, ९ फागुन । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पदभार ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख झा जनकपुरधाम पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

पदभार ग्रहण गर्नुअघि झाले जानकी मन्दिर पुगेर पूजा आरधना गरेका थिए भने विमानस्थलमा नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुख झालाई एक सय एक किलोको मालाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्