Logo
Logo

भारतले आक्रमण गरे जवाफ दिन्छौँ : पाकिस्तानी प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ फागुन । भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणपछि भारत–पाकिस्तानबीच अहिले विवाद चुलिँदै गएको छ । ४२ जवानको मृत्यु भएको उक्त घटनामा भारतले पाकिस्तानलाई दोषी ठर्हयाएको छ । तर, पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।
यसैबेला आज मंगलबार पाकिस्तानका प्रधानमन्त्री इमरान खान उक्त घटनाबारे पहिलोपटक मुख खोलेका छन् । घटनाको जिम्मेवारी पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएको थियो । जसमा पाकिस्तानको हात रहेको भारतले बताइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने भारतले विना प्रमाण आरोप लगाएको बताएका छन् । उनले भने, ‘पाकिस्तान स्थायित्वतर्फ बढेको छ भने हामी किन यस्तो गर्छौं ।’
पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘यसले पाकिस्तानलाई के फाइदा हुन्छ ? मैले पटक पटक भनेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंकवादीहरुबाट पीडित छ । म अफर गरिरहेको छु कि तपाई आउनुस् र छानविन गर्नुस् ।’ उनले यदि कसैले पाकिस्तानले जमिन प्रयोग गरेको छ भने उनीहरु आफ्नो पनि दुश्मन भएको बताए ।
पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘भारतको मिडिया राजनीतिमा सुन्नमा आएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ, त्यसैले हमला गर्नुपर्छ । यदि तपाईलाई लाग्छ कि पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ । पाकिस्तानले के सोच्छ ? तर, सोच्ने मात्र होइन, पाकिस्तानले जवाफ दिन्छ ।’
पुलवा आक्रमणबारे आज मात्र भारतीय सेनाले पत्रकार सम्मलेन गरको छ । यता भारतीय सेनाले पत्रकार सम्मेलन गरेर उक्त आक्रमणमा भारतको हात रहेको आरोप लगाइरहँदा उता पाकिस्तानी प्रधानमन्त्री खानले ‘भारतले आक्रमण गरे, जवाफ फर्काउने’ बताएका हुन् । यससँगै भारत–पाकिस्तानबीच थप तनाव बढ्ने संकेत दखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्