Logo
Logo

आदिवासी साहित्यकार महासंघको दक्षिण कोरियामा पनि समिति गठन


दृष्टि संवाददाता


कोरिया – नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया’ गठन गरिएको छ ।

महासंघका केन्द्रीय संयोजक वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङ लगायतका अतिथिहरु सहभागी (जुम मिटिङ) भेलाबाट उक्त समिति गठन गरिएको हो ।

आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको (जुम मिटिङ) भेलाबाट पराजित पोमु संयोजक रहेको १७ सदस्यीय तदर्थ समिति गठन गरिएको महासंघले जनाएको छ ।

समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् ।

गठित संयोजक पराजित पोमु र सचिव शकुन आँशुद्वारा जारी विज्ञप्तिमा आदिवासी जनजातिहरुको मौलिक सभ्यता निर्माण गर्न, आदिवासी सौन्दर्यमाथि दाबी गर्न साथै मौलिक दर्शन शास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले दक्षिण कोरियामा पनि महासंघको समिति गठन गरिएको भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्