Logo
Logo

कलाकारितामा अवसर बन्दै ‘टिकटक’


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा संवाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ।’
यो केमडी ‘टिकटक’ संवादमा लाखौँ सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइसकेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त संवाद जसले बनाएपनि रातारात ‘भाइरल’ बन्न सफल भएको छ ।

यही संवादमा पूर्वमिस नेपाल रुवी राणा शाहले पनि यो साता आफ्नो भिडियो बनाएर फेसबुकमा पोस्ट गरेकी छन् । उनले उक्त भिडियोबाट थुप्रै प्रतिक्रिया पनि पाएकी छन् । पूर्वमिस नेपाल रुबी राणा प्रत्येक दिन कुनै न कुनै टिकटक वा अरु कुनै भिडियो बनाएर आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गर्छिन् ।

अहिले टिकटकमा गायक पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट कान्छा’ चर्चामा छ । यो गीत यु–ट्युबबाट हटाइएसँगै ट्रोल समेत बनाइएको छ । तर, ट्रोलमा भन्दा उक्त गीत टिकटकमा भाइरल बनेको छ । उक्त गीतमा नेपालमा स्थापित र चर्चित कलाकारहरुले समेत टिकटक भिडियो बनाएर आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्टा अपलोड गर्न थालेका छन् ।

‘टिकटक’को टे«ण्ड आउनुअघि रुबी आफ्नो बुटिकमा विभिन्न गीतमा नृत्य गरेको भिडियो पोस्ट गर्थिन् । तर, जब म्युजिकल्ली हुँदै टिकटक ट्रेण्ड भित्रियोे, तब यी पुर्वमिस नेपाललाई वरदान सावित भएको छ । रुबी कलेक्शन नामक बुटिक सञ्चालन गर्दै आएकी शाहलाई ‘टिकटक’ले आफ्नो व्यवसायी प्रवद्र्धनमा समेत सहज बनाइदिएको छ ।
‘टिकटक’ एक इन्टरटेनमेन्ट एप्लिकेशन हो, जसमा आफूले चाहेको गीत वा संवादमा बढीमा १५ सेकेण्डको भिडियो बनाउन सकिन्छ । सुरुमा म्युजिकल्ली नाममा आएको थियो यो एप्लिकेशन । तर, म्युजिकल्लीले गीत मात्रलाई जनाउने हुँदा उक्त एप्लीकेशन विकास गर्नेले परिमार्जन गरी टिकटक बनाए । टिकटकमा प्रायः कमेडी जनराका चर्चित कलाकारका गीत तथा फिल्मका संवादहरु अपलोड गरिएको हुन्छ । जसमा प्रयोगकर्ताहरुले आफूले चाहेको संवाद र गीतमा अभिनय गर्न सक्छ र उक्त भिडियो आफ्ना साथीहरुलाई शेयरिङ गर्न सक्छ ।
नेपाली शोसल मिडिया युजरमा टिकटिक ट्रेण्ड भित्रिएकै समय नेपाली फिल्म ‘कबड्डी’मा दयाहाङ राई र अभिनेत्री रेश्मा पुनले बोलेको डाइडल खुबै भाइरल बनेको थियो । ‘कता हो सोल्टिनी ?’ केटीले भन्छे, ‘बाटैबाटो, देखिनस्’ । यो संवादमा करिब एक करोडले भिडियो बनाएर दया र रेश्मा बनेका थिए । तर, त्यसपछि पुरुष संवादहरु कम हुन थाले ।
यो एप्लीकेशन कला र प्रतिभा भएर पनि अवसर नपाएकालाई लक्षित गरी विकास गरिएको देखिन्छ । तर, अहिले टिकटक सार्वसाधारणका लागि मात्र नभएर सेलिब्रेटीहरुलाई टाइम पास बनेको छ । कतिपयका लागि लत नै बन्न थालेको छ । जस्तै, प्रथम मिस नेपाल रुबीजस्तै कैयौँलाई लत बन्न थालेको टिकटक विशेषगरी महिला वर्गमा चर्चित छ ।
नेपालका अधिकांश महिला कलाकार टिकटकमा रमाउने गरेका छन् । पुरानी अभिनेत्री करिश्मा मानन्धरदेखि अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीसम्म टिकटकमा रमाउने गरेका छन् । टिकटकले विशेषगरी गायिकाहरुलाई आर्कषित गरेको छ ।
‘टिकटक’ मेरो लागि राम्रो टाइमपास भएको छ’ गायिका प्रकृति थलङले भनिन्, ‘टिकटकमा रमाइलो–रमाइलो संवाद र आफूलाई मनपर्ने गीतहरु पाइन्छ । त्यसैले पनि त्यसमा भ्वाइसओभर गर्दा रमाइलो हुन्छ ।’ प्रकृतिले हरेकदिनजसो टिकटक भिडियो बनाएर आफ्नो फेसबुक एकाउन्टमा अपलोड गर्छिन् । टिकटकले आफ्नो कला देखाउने अवसर प्रदान गरेकाले पनि धेरैजसोले आफ्नो कला प्रस्तुत गर्न टिकटक भिडियो बनाउने गरेका छन् ।
नेपाली फिल्मकी चर्चित अभिनेत्री हुन् नीता ढुंगाना । तर, उनी पनि टिकटक भिडियोमा आकर्षित छिन् । आफूले अभिनय गरेको भिडियो तुरुन्त हेर्न पाइने र अरुलाई पनि शेयरिङ गर्न पाइने भएकाले टिकटक भिडियो भिडियो बनाउने गरेको उनी बताउँछिन् । टिकटकमा भ्वाइसओभर गर्नका लागि चर्चित सेलिब्रेटीको संवाद, चर्चित गीत र समाजमा भाइरल बनेको इस्युलाई तुरुन्त अपलोड गरिएको हुन्छ ।
अहिले टिकटकमा गायक पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट कान्छा’ चर्चामा छ । यो गीत यु–ट्युबबाट हटाइएसँगै ट्रोल समेत बनाइएको छ । तर, ट्रोलमा भन्दा उक्त गीत टिकटकमा भाइरल बनेको छ । उक्त गीतमा नेपालमा स्थापित र चर्चित कलाकारहरुले समेत टिकटक भिडियो बनाएर आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्टा अपलोड गर्न थालेका छन् ।
नेपालमा सबैभन्दा चाँडो लोकप्रिय भएको एप्लिकेशनमध्ये एक हो, टिकटक । यसलाई धेरैलाई रमाइलो र टाइमपासका लागि लिए पनि कतिपयको कलाकारितामा प्रवेश गर्ने भ¥याङ समेत बनेको छ भने, नेपाली फिल्म गीतसंगीत क्षेत्रका लागि प्रमोशनको प्रभावकारी माध्यम बनेको छ ।
यस्तै, टिकटक भिडियोबाटै नयाँ बानेश्वरकी प्रियंका सिंहले फिल्ममा अवसर पाइन् । उनले अभिनय गरेको नेपाली फिल्म ‘गरुड पुराण’ यसै साता रिलिज भएको छ । प्रियंकाले टिकटकमा गरेको अभिनय देखेरै निर्देशक सुवास कोइरालाले ‘गरुड पुराण’मा डेब्यु गराएका हुन् ।
कतिपय टिकटकमै अभिनय तथा नृत्य गरेर शोसल मिडियामा सेलिब्रेटी बनेका छन् । यस्तै, प्रियंका पनि टकटक (म्युजिकल्ली)मा फिल्ममा आउनुअघि नै हिट थिइन् । त्यतिबेला सयौं टिकटक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । प्रियंकाका भनाइमा टिकटकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहँुदो रहेछ । उनले भनेकी छन्, ‘टिकटक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर, फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’ फिल्म ‘गरुड पुराण’मा उनलाई धेरैले रुचाए ।
प्रियंकालाई जस्तै अरु थुप्रैले टिकटकमार्फत कलाकारितामा अवसर पाएका छन् । मोडलिङमा रमाइरहेका मोडलहरु टिकटकमा अभिनय गरेपछि निर्माता÷निर्देशकको नजरमा पर्ने गरेका छन् । त्यसैले पछिल्लो समय टिकटक टाइमपास सँगै कला देखाउने अवसर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्