Logo
Logo

ओलीको प्रतिगमनलाई सर्वोच्चले सच्यायो : झलनाथ खनाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रान्तिकारी कदम सच्याइदिएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम असंवैधानिक ठहर गर्दै मंगलबार पुनःस्थापनाको फैसला सुनाएपछि नेता खनालले दृष्टि न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको रक्षा गर्ने नेपाली जनताको जनादेशको सम्मान सर्वोच्च अदालतले गरेको बताए ।

उनले अदालतको योगदानले अब नेपाली जनता आफ्ना गन्तव्यहरूतर्फ स्थिरतापूर्वक अगाडि बढ्ने नयाँ वातावरण बनेको भन्दै देशभरि खुसियाली बाँड्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्