Logo
Logo

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी


दृष्टि संवाददाता

34.8k
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरगरेपछि उनले उक्त प्रतिक्रिय दिएका हुन् ।

फाइल तस्वीर

दृष्टिसँग कुरा गर्दै उनले भने ‘अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।’

उनले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताए । उनले सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको पनि बताए ।

सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्